Bagmati Samachar Logo

नेकपा एसको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकिकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ ।

आज बिहान ११ बजे पार्टी कार्यलयमा बस्ने भनिएको संसदीय दलको बैठक केहि समय ढीला हुने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल निजगढबाट फर्केपछि बैठक बस्ने बागमती प्रदेशको प्रमुख सचेतक मुनु सिग्देलले जानकारी दिइन् ।

उनले भनिन्, ‘११ बजे पार्टी कार्यलयमा बस्ने भनेको छ तर अध्यक्ष ज्यु निजगढ गएर आउनु भएपछि मात्र सुरु हुन्छ होला ।’