Swornakshar Logo

राप्रपाद्धारा सरकार विरुद्ध हेटौंडा बजारमा राँके जुलुस प्रदर्शन

हेटौंडा । मकवानपुरको हेटौडा बजार क्षेत्रमा राप्रपा मकवानपुरले सरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ ।

बेरोजगारी, मंहगी, भ्रष्टाचार एवम् मुल्यवृद्धी विरुद्ध राँके जुलुस प्रदर्शन गरेको राप्रपाले जानकारी दिएको छ ।

आन्दोलन तथा दवाबमुलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, प्रधानमन्न्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई ज्ञापन पत्र बुझाएको थियो । राप्रपाले आफूले राखेका २२ बुँदे माग कार्यन्यवन तर्फ र हेटौंडा उपमहानगरपालिका समक्ष प्रस्तुत गरेको ६ बुँदे माग सम्बोधनमा सरकार उदासिन रहेकोले दोश्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौंडामा राँके जुलुस गरिएको राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए ।

हेटौंडा ५ स्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुस सानोपोखरा,कान्तिराजपथ हुँदै बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।