हेटौंडा । नेपाली कांग्रेस डा. शेखर कोइराला समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धनको सभापति भएको आरोप लागएको छ ।
दुई दिनदेखि अनुपम फुडल्यान्डमा बसेको यो समूहको बैठकले सभापति देउवा कांग्रेसको भन्दा गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको हो।
बैठकपछि बोल्दै शेखर समूहका नेता गोविन्द पोखरेलले महाधिवेशनको ६ महिना बितिसक्दा पनि देउवाले पुरानै शैलीमा एकलौटी पार्टी चलाउन खोजेको निष्कर्ष निकालिएको बताए।
सभापतिजी नेपाली कांग्रेसको भन्दा गठबन्धनको सभापति भए भन्ने हाम्रो निष्कर्ष होु, पोखरेलले भने, चौधौँ महाधिवेशनमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि हाम्रो पक्षमा उभिएका थिए। तर देउवाले उनीहरुको पनि सभापति हो भन्ने देखाउन सकेनन्।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…