Swornakshar Logo

बागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि मुख्यमन्त्री पाण्डेबिरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेसका एक जना सांसदले जानकारी दिए ।

प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेका हुन् ।

सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच बागमती प्रदेश सरकारको नेतृत्वबारे लिखित सहमति भएको मिडियामा आएको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा काांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

२०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने गरी भएको त्यो लिखत गोप्य राखिएको थियो ।