Swornakshar Logo

कोइराला पक्षको भेला बत्तीसपुतलीमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षको भेला बोलाएको छ। कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा चुनावको समिक्षा हुन नसकिरहेका बेला
कोइराला पक्षले भेला बोलाएको छ ।

महाधिवेशनका शेरवहादुर देउवासँग पराजित भएपछि शेखरले आफ्नो समूह निमार्ण गरेका छन् । आज अपरान्ह् ३ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डम शेखर समूहको भेला हुन लागेको हो ।

भेलामा शेखर समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई समेत सहभागी गराइँदैछ । भेलामा पाार्टी केन्द्रीय समिति बैठक बोलाएर चुनावी समिक्षा गर्नुपर्ने विषय उठाउने बताईएको छ ।

त्यस्तै आगामी चुनावको तयारी,भातृ संस्था गठन तथा विस्तार,विधान कार्यन्वयन गराउँन दबाब दिने लगायतका विषयमा छलफल हुने बताइएको छ । आगामी चुनावमा गठबन्धनको भागबण्डा कसरी गर्ने भन्नेबारेमा समेत पार्टीमा छलफल हुनुपर्ने शेखर समूहको माग छ ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । समितिका संयोजक समेत रहेका खड्काले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको भन्दै त्यसअघि परिचालन समितिको बैठक बस्न लागेको खड्काले जानकारी दिएका छन् । उनले भने, ‘आज दिउँसो १ बजे स्थानीय निर्वाचन परिचालन समितिको बैठक बस्दैन । बैठकमा स्थानीय निर्वाचनको परिणामबारे समीक्षा हुन्छ ।’

निर्वाचन परिचालन समितिले केन्द्रीय कार्यसमितिमा स्थानीय निर्वाचनको प्रतिवेदन बुझाउने बुझाउने छ ।

कोइराला पक्षको बैठकलाई काउन्टर दिने गरी उपसभापति खड्काले स्थानीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको चर्चा कांग्रेसमा नै चलेको छ । कोइराला पक्षीय शीर्ष नेता पनि परिचालन समितिको सदस्य छन् ।

नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार लगायत समितिका सदस्य छन् ।