Bagmati Samachar Logo

एमाले अध्यक्ष ओली र वामदेव गौतमबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टी अध्यक्ष वामदेव गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भन्दै गौतमले केहि दिन पहिला पार्टी नयाँ पार्टी खोलेका छन् ।

ओली निवासमा दुई अध्क्षबीच कुराकानी भइरहेको छ ।

गौतम अहिले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताउदै आएका छन् । एमालेबाट विभाजन भएको नेकपा एसमा पनि नलागेर गौतम एक बर्ष देखि त्यतिकै बसेका थिए ।