Bagmati Samachar Logo

प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुनुको दोषि प्रचण्ड भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन भएको बताए ।

शुक्रबार एमाले पार्टी कार्यलय च्यासलमा आयोजित aपार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात पारेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुखित बनाएको पनि बताए ।

उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमानदारिताका साथ गर्नुभएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन । र, बेइमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्काशन गर्नुभयो । पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो ? तपाईंहरु आफै विचार गर्नुस् । पार्टी अध्यक्षमाथि गम्भिर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरुले । यो बडो दुःखद् कुरा थियो ।’