मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर चाँडै हुने दाबी गरेका छन् । नेकपा एसबाट मन्त्री बनेकाहरुलाई बदल्ने पार्टीको निर्णय बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।
आज सचिवालयको बैठक बसेको थियो चाँडै नै पोलिटब्युरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्यौँ,’ समाजवादी प्रेस संगठन काठमाडौंद्वारा बुधवार आयोजित कार्यक्रममा खनालले भने, ‘यसबाहेक मन्त्रिपरिषदमा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय भएको छ ।’
प्रतिक्रिया दिनुहोस्: