Bagmati Samachar Logo

केन्द्रीय समिति बैठक बिथोल्ने १० जनालाई अखिल क्रान्तिकारीद्धारा कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कमिटी बैठकमा हो हल्ला र नाराबाजी गर्ने १० जनालाई कारबाही गरेको छ । कारबाही पर्नेमा पवन कार्की सहित १० जना रहेका छन् ।

आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत संगठन र नेतृत्व विरुद्ध नारा जुलुस गर्नेहरूलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्ता भण्डारी,पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो । उक्त समुहले हलबाहीर पनि नारा जुलुस गरेको थियो । कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् । कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ । बैठक पूर्ण केन्द्रीय बैठकमा सहभागी केन्द्रीय सदस्यलाई शपथ खुवाएर आज सकिने भएको छ।