माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन् ।
राजधानीमा शनिवारदेखि जारी केन्द्रीय समितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । महासचिवमा प्रेम खनाल चयन भएका छन् ।
एक सय ५५ सदस्यीय केन्द्रीय समिति रहेको महासंघले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिएका थिए ।
उनले संघीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: