संसद विघटनबाट अस्थिरता सुरु भएको : घनश्याम भुसाल

‘कम्युनिस्ट आन्दोलनमा संकट हाम्रै कारण आयो’
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको बताए ।
बुधबार काठमाडौमा आयोजित ‘कम्युनिस्ट आन्दोलनः संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा कम्युनिस्ट आन्दोलन र नेपालमै संकट आउनु ‘हाम्रै कारण’ भएको पनि बताए ।
नेकपा विभाजन र संसद विघटनबाट अस्थिरता सुरु भएको उनको दावी छ । उनले नेकपा विभाजन र संसद विघटन गर्नु गम्भीर गल्ती भएको भन्दै जनताले दिएको विश्वासमाथि विश्वासघात हुँदा विदेशी हस्तक्षेप बढ्दै गएको बताए । हाल अमेरिकाबाट स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीको प्रस्ताव आउनु पनि त्यसैको परिणाम भएको भुसालको भनाइ छ ।
नेता भुसालले आफुले ‘कम्युनिस्ट एकता कि सत्यानाश’ भन्ने बुझेर नै एकताको बहस गरिरहेको भन्दै एमाले, माओवादी र नेकपा समाजवादीबीच विचारमा कुनै भिन्नता नभएको दावी गरे । ‘भिन्नता छ भने गालीगलौजमा मात्रै छ’, भुसालको भनाइ छ । उनले हिँड्ने प्रस्थानविन्दु, एउटै भएपनि अहंकारका कारण समस्या भएको बताए ।
अहंकार केवल अहंकार’, भुसालले भनाइ छ । उनले देशभरका युवाहरुलाई तीनवटै पार्टीका नेताहरुलाई ‘किन फुट्यौ रु’ भनेर प्रश्न सोध्न आग्रह पनि गरे । ‘देशभरका युवाले किन तिमीहरु किन फुट्यौ रु भनेर हामी सवैले सोध्यौ भने सम्भवत एक महिनाभित्र एकता गर्न सकिन्छ’, भुसालको भनाइ छ । उनले जनयुद्ध र जबजलाई मागी खाने भाँडो नबनाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्: