Bagmati Samachar Logo

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमूखिकरण कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहमा निर्वाचित प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षलाई सहभागी हुन जानकारी गराएका छन् । पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण राखिएका जानकारी दिएका छन् ।

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । असार २ र ३ गते जनप्रतिनिधिलाई वर्तमान राजनीतिक, आर्थिक विकास, स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले जनाएको छ ।

अभिमुखीकरण अध्यक्ष केपी शर्मा ओली र विज्ञहरुले दिने जनाइएको छ । जनप्रतिनिधिलाई अभिमुखीकरणमा सहभागी हुन महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् ।