Swornakshar Logo

माओवादीले हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर जारी गरेकोछ । माओवादीले एक सय रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ ।

जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाएर सिंगो पार्टीलाई परिचालन गर्न निर्देशन दिएका एक प्रदेश इन्चार्जले बताए ।

त्यसका लागि पार्टी सदस्यहरुबाट न्युनतम एक सय रुपैयाँ आर्थिक सहयोग संकलन गरी एक महिनाभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको ती इन्चार्जले बताए ।