काठमाडौंका मेयर बोलेन्द्रको पहिलो निर्णय : नगरसभाको प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाीचत मेयर बालेन्द्र साहले पद तथा गोपनियताको सपथ लिएसँगै नगरसभाको बैठक सधै लाइभ प्रत्यक्ष प्रशारण) गर्ने निर्णय गरेका छन् । साहको महानगरपालिकाको मेयरका रुपमा यो पहिलो निर्णय हो ।
नगरसभाको पहिलो बैठक सोमबार (आजैं) दिउँसो ४ बजेका लागि बोलाइएको छ । उक्त बैठक नै लाइभ गर्ने निर्णय साहले गरेका हुन् ।
साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले त्यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: