बागमती प्रदेशः नीति तथा कार्यक्रम जेठ १६ गते टेबुल हुने
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७९ ०८० को लागि नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा पेश गर्ने भएको छ । बिहिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसी नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने गरी सहमति भएको थियो ।
जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । त्यही दिन बस्ने दोस्रो बैठकमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूचि तय भएको छ ।
जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: