Swornakshar Logo

बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश

मकवानपुर । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएका छन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश हुने भएको हो ।

सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनहरूलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका थिए ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने गरे । त्यस्तै प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश २०७८ संसदमा पेश गरिएको छ । सदनमा पेश भएका अध्यादेशहरू सदनबाट पास गर्नु पर्ने व्यवस्था रहेको छ ।