काठमाडौंका मेयर बालेन सहकार्य गर्न तयार छुः माधव नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर बालेन साहसंग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।
नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: