बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले गरे पदभार ग्रहरण

मकवानपु । बागमती गाउँपालिकाका अध्यक्ष , उपाध्यक्षसहित नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष घलानले उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडा अध्यक्षहरु तथा वडा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । सपथसँगै पालिका अध्यक्ष घलान र उपाध्यक्ष तिमल्सिनाले पदभार ग्रहण गरेका छन् ।
पद तथा गोपनीयताको सपथ लिँदै अध्यक्ष घलानले बागमती गाउँपालिकाको नागरिक भएकोमा गर्व अनुभूति हुने पालिका बनाइने प्रतिबद्धता ब्यक्त गरे । ‘उज्यालो पालिका निर्माण, लालपूर्जा बितरण, गाउँमै गुणस्तीय क्याम्पस र अस्पताल सञ्चालन गरिनेछ’, उनले भने, ‘युवा जनशक्ति विदेशिन रोक्न कृषि र पशुपालनलाई ब्यवसायिकरण गर्न अभियान सञ्चालन गरिनेछ ।’
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चुनावमा जनताको बीचमा गरेका प्रतिबद्धताहरु पुरा गर्दै बागमतीलाई नमुना पालिका बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले सडक र पूर्वाधारसँगै विकासका बिविध पक्षलाई समेटेर अब पालिकाले आर्थिक उत्पादन र रोजगारी सिर्जनमा जोड दिनुपर्ने बताए ।
जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले अन्य पालिका भन्दा बागमतीको काम गर्ने शैली फरक रहेको भन्दै जनताको मन जितेका जनप्रतिनिधिहरुलाई अब काम गरेर देखाउने पालो आएको बताए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग गरेकोमा बसैपक्षलाई आभार ब्यक्त गरे । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु र बागमती पालिकाबासीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: