भरतपुर महानगरको मेयरमा रेनु दाहाल साढे १२ हजार मतान्तरले विजयी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको सत्तागठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। दाहालले नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गरेकी छन्।
रेनुले ५२ हजार ३० मत ल्याइन्। विजयले ३९ हजार ५ सय ८१ मत पाए। विजय एमाले(राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए।
रेनु भरतपुर महानगरको निवर्तमान प्रमुखसमेत हुन्। २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन्।
दोस्रोपटकमा भने रेनु १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन्। रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए।
यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।
अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन्। अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन्।
प्रतिक्रिया दिनुहोस्: