हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका छन् । सोमबार मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले नव निर्वाचित मेयर मीना कुमारी लामालाई सपथग्रहरण गराएका हुन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित नगर प्रमुख, उपप्रमुख सहित १९ वडाका वडाध्यक्ष तथा सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
त्यसैगरी मेयर लामाले सपथग्रहण गरे लगत्तै उपमेयर राजेश बानियाँ, १९ वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराएकी थिइन् ।
सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ, बागमती प्रदेश सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल मकवानपुरका प्रजिअ भरतमणी पाण्डे सहित विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष, नगर अध्यक्षसहित राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: