धरानबाट उदायो लौरो, मेयरमा हर्कराज राई विजयी

काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईराईले १६ हजार ५९ मत पाए ।
लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा स्वतन्त्र लडेका उनले सफलता हासिल गरेका हुन् ।
यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन् । उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मत पाएर विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने । उपमेयरमा लौरो नै चिह्न पाएका दत्त कुमार लिम्बु भने ४ हजार १२९ मत पाएर पराजित बने । मेयरमा विजयी राई खानेपानीको मुद्दा लिएर धरानमा लगातार आन्दोलन गर्दै आएका थिए । सोही मुद्दा उठाएवापत उनी धरान क्षेत्रमा लोकप्रिय थिए ।
प्रतिक्रिया दिनुहोस्: