Bagmati Samachar Logo

धनगढीमा उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

काठमाडौं। सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै हमाल धनगढी उपमहानगर प्रमुखमा निर्वाचित भएका हुन् । हमालले २६ हजार ८ सय ६५ मत ल्याएर विजयी भए ।

उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवारवडले १४ हजार ८१७ मतमात्र पाए ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् । रानाले १५ हजार ४७९ मत ल्याएर उपमेयर निर्वाचित भइन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मत ल्याएकी छन्।

१९ वटा वडा रहेको यस उपमहानगरपालिकाको ११ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् भने दुई वडामा नेकपा माओवादी केन्द्र र ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।