Bagmati Samachar Logo

भरतपुरमा रेनुले ५ हजार मतले पछि पारिन विजय सुवेदीलाई

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयरमा रेनु दाहालले ५ हजार मतको फरकले अग्रता लिएकी छन् ।

हालसम्म गणना भएको ६९ हजार ६ सय १२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार दाहालले २७ हजार ०७८ मत पाएकी छन्। राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार ०६० मत पाएका छन्। रेनले ५ हजार ०१८ मतले पछि पारेकी छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।

महानगरको वडानम्बर १३ को अन्तिम नतिजा आएको छ। यहाँ माओवादी केन्द्रका प्रकाश दवाडीले १ हजार ५४७ मत पाएर विजयी भएका छन्। उनले नेकपा एमालेका शान्तराज आचार्यलाई हराएका हुन्। आचार्यले १ हजार २४३ मत पाएका थिए।

यस्तै वडा नम्बर १४ मा नेपाली कांग्रेसका राजेन्द्र खाँखी विजयी भएका छन्। उनले १ हजार ९११ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण गुरूङले १ हजार ५७७ मत पाए।

यो सँगै २९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ।