ताजा अपडेट
अपराध राजनीति

झलनाथ खनालको निर्वाचन क्षेत्र सूर्योदयमा नेकपा एकीकृत समाजवादी विजयी

झलनाथ खनालको निर्वाचन क्षेत्र सूर्योदयमा नेकपा एकीकृत समाजवादी विजयी

काठमाडौं । इलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका रनबहादुर राई मेयरमा निर्वाचित भएका हुन्। उनले १२ हजार ४ सय ३१ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याए। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन्।

उनले ११ हजार ८ सय ५१ मत ल्याएका छन्। दोस्रोमा रहेकी नेकपा एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याइन्।

यो नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो। यो नगरपालिका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्छ।

यो सँगै १० पालिका रहेको इलामको सबै पालिकाको नजिता आइसकेको छ। जसमा नेकपा एमालेले ५ वटा पालिकामा प्रमुख पद जित्दा नेपाली कांग्रेसले ४ र नेकपा एकीकृत समाजवादीले १ पालिकामा प्रमुख पद जितेका छन्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…