Bagmati Samachar Logo

विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला विजयी

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो भए ।

यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन् । शिल्पाले २५ हजार ६८० मत ल्याएर विजयी भएकी छन् । जसपाका अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए ।
विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार कांग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो ।