मकवानपुरको बागमतीमा माओवादीका सर्केस दोहरीए

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सर्केस घलान विजयी भएका छन् । यो पालिकामा सत्तारुढ गठबन्धन मिलेर निर्वाचन लडेका थिए । गठबन्धनतर्फ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश घलानले ७ हजार ३८४ मत प्राप्त गरेर विजयी भएका हुन् ।
घलानले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए भने एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: