टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

काठमाडौं । कैलालीको टीकापुरमा रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीलेकोले मेयर जितेको छ। चौधरीले जेलबाटै पार्टी खोल्न लगाएका थिए । स्थानीय तह निर्वाचनमा सहभागी भएको पार्टीले टीकापुरमा मेयर जितेको छ ।
उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने । उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह शाहले ७ हजार ९५५ मत पाएर विजयी बनेका छन् । शाहले नागरिक उन्मुक्तिबाट उपमेयरमा उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराएका हुन्। विश्वकर्माले ७ हजार ८०२ मत ल्याइन्।
सुदूरपश्चिम अखण्ड र थारुवानरथारुहट आन्दोलनबाट सिर्जित टिकापुर घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्: