केपी ओलीको जन्मथलो तेह्रथुमको आठराईमा गठबन्धनबाट अध्यक्ष उपाध्यक्ष विजयी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा गठबन्धन विजयी भएका छन् । पालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दिलकुमार पाहिम विजयी भएका छन भने उपाध्यक्षमा माओवादी केन्द्रका लिराज ईङनाम विजयी भएका छन् ।
अध्यक्षमा नेपाली कांग्रेसका पाहिमले ४ हजार ६ सय ९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्दी अध्यक्षमा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ ल्याएका छन् । थपलिया भन्दा पाहिमले ६ सय ८४ मत बढी ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज ईङनाम विजयी भएका हुन । ईङनामले ४ हजार ८० मत प्राप्त गरे । उपाध्यक्षमा एमालकी रूपादेवि कन्दङवाले ४ हजार ७० मत ल्याइन् ।
ईङनाममले उपाध्यक्षमा १० मत बढी ल्याएर विजयी भए ।
प्रतिक्रिया दिनुहोस्: