ताजा अपडेट
अपराध राजनीति

सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

काठमाडौं । सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्।

अध्यक्षमा एमालेका मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर र उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन्। अध्यक्षका अर्का प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याए।

उपाध्यक्षकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत पाइन्।

यो विजयसँगै एमालेले यसपालिको चुनावमा अहिलेसम्म ७ पालिकामा जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…