स्थानीय निर्वाचन : हेटौंडा उपमहानगरपालिका वडा नं. २ गठबन्धका उम्मेदवारहरु मतदाताको घरघरमा
हेटौडौं । बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि हेटौडौं उपमहानगरपालिका वडा नं. २ का गठबन्धनका उम्मेदवारहरु मतदाताका घरघरमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा आफूहरुले जितेमा वडाको समग्र विकास योजना कार्यन्वयन गर्ने भन्दै गठबन्धनका उम्मेदवारहरु मतखाताका घरघरमा पुगेका छन् । उनीहरु जितेमा आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन्।
३० गते बैशाखको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा मतदाताको घरघरमा पुगिरहेका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेस तर्फका हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वडाध्यक्षका उम्मेदवार बिष्णुगोपाल महर्जन समृद्ध वडा निर्माणको योजना सहित मतदाताको घरघरमा पुगेका छन् ।
व्यावसायिक संघ, तथा बिभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक सेवा समेत गर्दै आएका महर्जन हेटौंडा उपमहानगरपालिकाबाटै सेवानिवृत्त इन्जिनियर वडाध्यक्ष उम्मेदवार महर्जन र नेकपा एस तर्फबाट महिला वडा सदस्य तारा ढुङ्गाना, नेपाली कांग्रेस तर्फबाट दलित महिला वडा सदस्य मैया परियार, नेकपा माओवादी तर्फका वडा सदस्य इन्द्र प्रसाद रिजाल, नेपाली कांग्रेस तर्फबाट सुरज बर्तौला सहित मतदाताको घरघरमा पुगिरहेका हुन् ।
वडा अध्ष्क्षका उम्मेदवार महर्जनले पार्टीको बिधि र बिधानमा रहेर जनताको हकहितमा काम गरि पार्टी र जनताको मन जित्ने प्रतिवद्धता जनाइरहेका छन् ।
चुनाव प्रचारका लागि मंगलबार राती मध्यान्न १२ बजेपछि निषेधित हुने भएकाले पनि र्याली सहित प्रचार प्रसालाई तिब्रता दिदै वडाध्यक्ष उम्मेदवार महर्जन सहित टोलीनै वडा नम्बर २ परिक्रमा गरेका छन् । चुनाव प्रचार प्रसारलाई तिब्रता दिदै निर्वाचित भएमा ५ वर्ष भित्र वडामा गर्नुपर्नेकार्य र वडाबासीको सल्लाहा अनुसार सम्पुर्ण कार्य गरिने बताएका हुन् ।
त्यसै गरी चुनाव प्रचार को अन्तिम दिन वडा नं २ गठबन्धनका साझा उम्मेदवारहरु र्याली सहित प्रत्यक टोल टोलमा भोट माग्दै वडा परिक्रमा गरेका छन् । र्याली कांग्रेस चोक बाट सुरु भई बनस्खण्डिमा बन समितिको प्राङ्गणमा समापन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व जलश्रोत मन्त्री हाल नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उाध्याय ९डिना० ले राजधानीको पनि राजधानी हेटौंडाको मुटु २ नं वडामा केन्द्रीय बजेट पनि हालिदिने बतायकी छिन् । भने वडा अध्यक्षका उम्मेदवार बिष्णु गोपाल महर्जनले आफ्नो ईन्जिनियरिङ शैक्षिक कला प्रयोग गरेर वडाको विकास निर्माण गरि वडालाई नमुना वडा बनाउनेप्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: