निर्वाचन आयोगको चुनाव चिह्न हरियो रंगको बनाउने निर्णयप्रति ओलीले भने : सबै रुखैरुख देखून् भनेर हो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनेमसंघको कार्यक्रममा मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले मतपत्रमा हरियो रंगको चिह्न किन राख्ने भनेर निर्वाचन आयोगलाई प्रश्न गरे। उनले कांग्रेसको चुनाव चिह्न रुख भएको र त्यसै अनुसारको रङ राख्न खोजिएको हो भन्दै आयोगलाई प्रश्न गरेका छन् ।
ुकसैको हरियो देखिने चिह्न भएर हो ?, ओलीको भनाइ थियो, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हो ?
उनले यसबारे आयोगले जवाफ दिनुपर्ने बताए। उनले भने, ‘मैले एउटा सञ्चार माध्यममा हेरेको थिएँ। निर्वाचन आयोगले मतपत्रमा चिह्नहरुमा हरियो राख्ने भयो रे। हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनुपर्योय। हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन। म अत्यन्त व्यस्त भइरहेको छु। उहाँहरुसँग सोधौँला बुझौँला।
हरियो चिह्न कुन हिसाब राख्न लागेको भन्दै ओलीले आयोगलाई प्रश्न गरे। उनले आयोगले यस्तो त्रुटि सच्याउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्: