एमाले महाधिवेशनः निर्वाचन नहुने, सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिने
काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनको तेस्रो दिनको बन्दसत्र जारी रहेको छ । आइतबार नेतृत्व चयनको लागि सकेसम्म सर्वसम्मत गर्ने नभए निर्वाचनमा जाने बताइएको थियो । तर सर्वसम्मत गर्ने भन्दै एमालेलेल पहिलो दिनको बन्दसत्रले विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप्ने निर्णय गरेको थियो ।
राति बन्दसत्र अघि बढाउने रणनीति अनुसार अहिले अध्यक्ष केपी शर्मा ओली पार्क सफारी रिसोर्टमा बसेर नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिइरहेका बताइएको छ । एमालेले नयाँ नेतृत्व ध्वनी मतको आधारमा घोषणा गर्ने तयारी गरेको बताइएको छ ।
अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल सहमतिमा नआए पनि हलबाट सर्वसम्मत रुपमा नेतृत्व घोषणा गर्ने तयारी गरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
उनले पार्टीभित्रका सबै समूह र नेताहरुलाई चित्त बुझाएर नयाँ पदाधिकारी, केन्द्रीय सदस्य र आयोगहरूको नाम घोषणा गरिने पनि प्रस्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस्: