एमाले महाधिवेशनः जुटेन सहमति , बन्दसत्र सुरु
चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र हुने छ । बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र पौने दुई बजेबाट सुरु भएको छ ।
बन्दसत्र ढीला हुनमा नेतृत्व चयन सर्वसम्मत तरिकाले गर्ने भनिएपनि आकाक्षि बढी भएपछि सहमति जुट्न नसकेको बताइएको छ । सहमति नभएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र सुरु हुने हलमा प्रवेश गरेका छन् । अन्य प्रतिनिधिहरु पनि हलमा जान थालेका छन् ।
बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।
केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने बताइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो ।
शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्: