कम्युनिस्ट आन्दोलन समृद्धिको अभियान होः लिलामणि पोखरेल
काठामाडौं । द्धन्द्धविना विकास हुदैन । यो छैन भने सामाजिक विकास मरेतुल्य हुने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेले बताए । उनले एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गदै उक्त कुरा बताएका हुन ।
एमाले माओवादी एकता हुदा संगै थियौ तर केहि कारणले विभाजन भएका बताएका छन् । उनले भने ‘कम्युनिष्ट आन्दोलन समृद्धिको अभियान हो , यो हरेक अन्यायका विरुद्ध उभिने आन्दोलन हो ।’ कम्युनिष्ट आन्दोलनप्रति जनताको भरोसा रहेको बताए । अहिलेका विभक्त मनहरु भोली एकताको लागि तयार हुने बताए । समाजवादी समाज बनाउने हाम्रो अभियान केहि अलमल भएको बताए । माउ खाने माकुरा बन्न कम्युनिष्ट चाहदैन् । हामी एकता चाहन्छौ यसको लागि संघर्ष र रुपान्तरण चाहन्छौ । जति सुकै मत भएपनि राष्ट्रियताका लागि एकता आवश्यक रहेको बताए ।
उनले भने ‘अहिले नयाँ चुनौति र संभावनाकोबीचमा छौ । यसलाई यो महाधिवेशनले समाधान गर्ने छ ।’
प्रतिक्रिया दिनुहोस्: