न्याय क्षेत्रमा क्यानसर भएको छ, गठवन्धन झाँक्री लगाए अण्डा मन्सन खोज्दैछः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको न्याय क्षेत्रमा अहिले क्यानसर भईसकेको बताएका छन् । न्यायालयको समस्या समाधानका लागि ५ दलीय गठवन्धन र सरकार असफल भएको र यसले लिएको बाटो समेत गलत भएको उनले बताए ।
एमालेको युवा संगठनले गठन गरेको साइबर सर्कलले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता ओलीले भने, ‘यीनिहरु जुनबाटोबाट आए सर्वोच्च अदालतको हालत हेर्नुस् त । अहिले देशमा आन्दोलन छैन । अदालतमा हेर्नुस त । यो भनेको ५ दलको कानुनी क्षेत्रको रिफ्लेक्सन हो । जे गर्नुभएको थियो त्यसको प्रकटिकरण हो । हाम्रो न्यायीक क्षेत्रमा क्यानसर भईसकेको छ । तर धामी झाँक्री लगाउएर अण्डा मन्साउन खोजिदैछ । न्याय क्षेत्रमा अप्रेसन र किमोको आवश्यकता छ । विमार त्यो तहको छ । अहिले सर्वोच्च अदालतमा प्रकट भईरहेको समस्या हामीलाई फालेको ब्रम्हास्त्र फर्किएर भएको छटपटी हो । यो न्यायालयको छटपटी हैन । ५ दलीय गठवन्धनको छटपटी हो’ उनले भने ।
अध्यक्ष ओलीले अहिले राजनीतिमा नेकपा एमाले एकातिर र अन्य दल अर्कातिर भएको टिप्पणी गरे । ‘अहिले एमाले एकातिर अरु एकातिर हो । गठवन्धनका नेताहरुले पाए भने धरहरा ढलाउने तथा रानीपोखरी पुर्ने छन्, ओलीले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्: