Bagmati Samachar Logo

प्रचण्ड–विप्लव वार्ता, सहकार्य गरेर जाने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । शनिवारप्रचण्ड निवास खुमल्टारमा नेताहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई पार्टीबीच सहकार्य गर्दै जाने विषयमा छलफल सकारात्मक भएको खुमलटार स्रोतले बताए । दुर्इ पार्टीबीच सहकार्य गदै जाने र विस्तारै एकताका तर्फ अगाडि बढ्ने सहमति भएको स्रोतले बताए ।

अध्यक्ष प्रचण्डको दुई पार्टीका नेताहरुबीच भेटवार्ता गरेर छलफल गरौं र सहकार्य तथा एकताको पहल गरौं भन्ने प्रस्तावमा नेता विप्लव सहमत भएपछि भेटवार्ताले पूर्णता पाएको छ ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको थियो। माओवादी केन्द्रबाट प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन् ।

‘छलफलमा प्रचण्ड, विप्लव र महराबीच भएको स्रोतले बताए । छलफलमा दुई पार्टीबीच सहकार्य गरेर जाने विषयमा सकारात्मक कुरा भएका बताइएको छ । तत्कालका लागि सहकार्य गर्दैजाने र भविष्यमा पार्टी एकतासम्म जान सकिने सकारात्मक छलफल भएको हो स्रोतले भन्यो ।

प्रचण्ड नेतृत्वको माओवादी संसदीय भासमा फसेको भन्दै तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि विभाजनमा गएका थिए । २०७१ मा विप्लवले वैद्यलाइ पनि छोडेर एकीकृत जनक्रान्तिको कार्यदिशामा शसस्त्र विद्रोह गर्ने भन्दै अलग पार्टी बनाएका थिए ।

उनले २०७१ साल मंसिर १३ गते कपिलवस्तुमा भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए ।
तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारसँग २०७७ फागुन २१ गते पार्टी कार्यकर्ता छोड्ने लगायतका तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए । तर सरकारसँग गरेको तीन बुंदे सहमति अझै कार्यान्वयन हुन नसकेको उनीहरूको आरोप छ ।