Bagmati Samachar Logo

कम्युनिष्टको झण्डा गैंडाले समातेको एमाले महाधिवेशनको लोगो सार्वजनिक, सूर्यभित्रको हसियाँ हतौडा हटायो

काठमाडौं । नेकपा (एमाले)ले १०औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार महासचिव ईश्वर पोखरेलले च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा एक कार्यक्रम गरेर लोगो सार्वजनिक गरेको छ ।

१०औं महाधिवेशनको लोगोमा कम्युनिष्ट पार्टीको झण्डाको पृष्ठभूमिमा अंग्रेजीमा अंकमा १० लेखिएको छ। कम्युनिष्ट पार्टीको झण्डा गैंडाले बोकेको छ । एमालेको चुनाव चिह्न सूर्य पनि राखिएको छ। तर विधान महाधिवेशनमा पार्टीको लोगो परिवर्तन गरेको भनिएपनि चुनाव चिन्ह भित्रको हसियाँ हतौडा भने हटाएको छ ।

एमालेले महाधिवेशन चितवनमा हुदै छ । चितवन राष्ट्रिय निकुञ्ज गैंडाको लागि प्रख्यात छ त्यहि भएर कम्युनिष्ट पार्टीको झण्डा गैंडाले समातेको बनाएको एमालेले जानकारी दिएइको छ ।