डडेलधुरामा एमाले जिल्ला कमिटी नेकपा एसमा समाहीत
काठमाडौं । नेकपा एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै डडेलधुराको एमालेको पार्टी जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।
एमालेमा १० बुँदे सहमति र जेठ २ मा फर्किन एमाले अध्यक्ष केपी ओली पक्ष सहमत नभएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले डडेलधुराका एमाले अध्यक्ष डा. तारा जोशीसहित जिल्ला कमिटी नेकपा एसमा समाहित गराएका छन् ।
बुधबार एक कार्यक्रमबीच नेपालले एमालेको जिल्ला कमिटी नेकपा एसमा समाहित गराएको छ । डडेलधुराको नेकपा एमालेको जिल्ला कमिटीलाई नेकपा एसमा प्रवेश गराउन अध्यक्ष माधवकुमार नेपाल र पर्यटन मन्त्री प्रेम आलेसहितका नेताहरु आज डडेलधुरा पुगेका थिए । डडेलधुराका पार्टी अध्यक्ष जोशी दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडि गरेका हुन । उनी एमालेमा घनश्याम भुसाल निकट मानिन्थे ।
जोशी सहितको टिम नेकपा एसमा समाहित भएपछि एमाले डडेलधुरामा कमजोर परेको छ । पार्टीमा १० बुँदे सहमति भएपछि स्वत आफुले अध्यक्ष हुनु पर्ने जोशीले भन्दै आएका थिए । तर ओलीले उनको कुरा नसुनेपछि अन्त बुधबार नेकपा एसमा समाहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: