आज बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । बागमति प्रदेशको प्रदेश सभा आज दिउँसो ३ बजे बैठक बस्दैछ ।
मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन । नेपाली कांगेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । विश्वासको मत लिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।
१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ ।
एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको ३, नेमकिपा र राप्रपाको २(२ तथा जसपाको १ सिट छ ।
यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि पदबाट राजीनामा दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: