काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्तारुढ गठबन्धन चुनावसम्म जाने बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन चुनावसम्मै मिलेर जाने बताएका छन् । उनले भने ‘गठबन्धनमा कुनै समस्या छैन । पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।’
स्कटल्याण्डमा भइरहेको रास्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरुको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री देउबा आज स्वदेश फर्किएका छन् ।
कोप–२६ मा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकानी भएको बताए । मोदी चाँडै नेपाल भ्रमणमा आउने देउवाले बताए । प्रधानमन्त्री देउवाले भने, ‘तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनुस् भनेँ उहाँ आउन तयार छु भन्नुहुन्छ। उहाँ नेपाल भ्रमणमा आउने मितिको कुरा भएको छैन ।’










प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…