तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छः माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिने बताएका छन् ।
अहिले निर्वाचन खर्चिलो हुदै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनले बताए ।
उनले भने ‘तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो छ । मेरो विचारमा तीनै तहको निर्वाचन एकैपटक हुन आवश्यक छ । कम खर्चिलो हुन्छ ।’
नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला रौतहट आएका उनले मंगलबार चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धन चुनावसम्म रहने पनि बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफूले चाहेमा तत्कालै ढाल्न सक्ने भनेकोतर्फ लक्षित गर्दै नेता नेपालले ओलीको सरकार ढाल्ने कुरा दिवास्वप्न मात्र भएको बताए । ओली हावादारी गफ गर्ने व्यक्ति भएको आरोप लगाए । उनले भने ‘घर घरमा ग्याँस, नेपाली झण्डावाल पानी जहाज सञ्चालन गर्नेजस्ता हावादारी गफ दिए । ओलीका अभिव्यक्तिलाई गम्भीरताका साथ हेर्न जरुरी आवश्यक छैन ।
प्रतिक्रिया दिनुहोस्: