Bagmati Samachar Logo

समाजिक विकासमन्त्री मोक्तानलाई तामाङ घेदुङद्धारा सम्मान

हेटौंडा । नेपाल तामाङ घेदुङ संघले बागमति प्रदेश सरकारकोे सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई सम्मान गरेको छ । मकवानपुरबाट तामाङ महिला पहिलो पटक मन्त्री बनेकी मोक्तानलाई एक कार्यक्रमबीच सम्मान गरेको घेदुङका प्रदेश अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए । सम्मान कार्यक्रम शनिबार हटौडामा गरीएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रमेत रहेकी मोक्तान बधबार बागमती प्रदेशको सामाजिक विकासमन्त्री बनेकी छन् ।

नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् । मोक्तान यसअघि संविधान सभाको सदस्य भइसकेकी हुन् । पहिलो पटक माओवादी ससदमा प्रतिनिधित्व गर्दा अन्तरिम विधायका पनि बनेकी थिइन् ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् ।