Bagmati Samachar Logo

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथग्रहरण गरेका छन् । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँग माओवादी केन्द्रबाट कुमारी मोक्तान, काँग्रेसबाट कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, भँडेललाई भौतिक पूर्वाधार मन्त्रालय र खनाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पाण्डे कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन् । शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् ।