काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको विवादका बारेमा आफ्नो पार्टी नबोल्नेब ताएका छन् । सर्वाेच्च अदालतमा
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विषयमा जारी विवाद जारी रहेको छ ।
मंगलबार बिहान मोरङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले न्यायालयभित्रको ‘दाउपेच’मा आफूहरू नपस्ने बताएका हुन्।
‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अंगका रूपमा राख्ने हो’, ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन। सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन।’
‘परमादेश’अघिकै सेटिङको परिणाम अहिले देखिएको दाबी पनि ओलीले गरे।










प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…