Bagmati Samachar Logo

सरकारसंग निर्वाचन आयोगको प्रस्तावः स्थानीय तहको निर्वाचन चैत पहिलो साता

काठमाडौं । निर्वाचन आयोगले चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव गर्नु पर्ने बताएको छ ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन ।

प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारसंग छलफल गरेको छ । यस्तै आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ ।