गठबन्धन दलहरुको वैठक सकियाे, मन्त्रालय भागवण्डामा सहमति
काठमाडौं । सत्ता गठवन्धन दलहरुबीच वैठक सकिएको छ । अ।ज मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो ।
बालुवाटार स्रोतका अनुसार मन्त्रालय भागबन्डाबारे सहमति भएको छ । जसअनुसार कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ ।
कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ । कांग्रेसले जम्मा सात मन्त्रालय लिने सहमति भएको थियो । यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने मोटामोटी सहमति छ ।
माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ । नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ ।
जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति छ ।
बालुवाटार स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ । गत असार २९ मा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए। अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै छन् ।
कांग्रेसले रक्षा मन्त्रालयको अडान छाडेर स्वास्थ्य, संचार तथा सुचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ । यसैगरी माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय पाउने भएको छ ।
यस्तै नेकपा एसले संस्कृती पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, यूवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने सहमति बनेको छ ।
यसैगरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रसासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।
सो सहमतिलाई अन्तिम रुप दिएर मन्त्रालयकोसमेत भागबण्डा गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले सत्ता गठवन्धन आबद्ध शीर्ष नेताहरुको बैठक बसेकाे थियाे ।
वालुवाटारमा जारी शीर्ष तहको बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । मन्त्रिपरिषद ढिलाईले गर्दा सरकारले चौतर्फी आलोचना खेप्नु परिरहेको अबस्था छ ।
प्रतिक्रिया दिनुहोस्: