एमालेको केन्द्रीय सदस्य बन्न १० बर्ष चाहिने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय हुनका १० बर्षको समय तोकिएको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा पहिला १५ बर्ष तोकिएको थियो । समुहगत छलफलपछि सहभागीहरूले दिएको सुझावअनुसार १० बर्ष राखिएको जानकारी उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
केन्द्रीय विभागको सचिव वा सदस्य, जिल्ला कमिटीको पदाधिकारी वा दुईपटक सदस्य भएको तथा प्रदेश कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने भएको छ ।
महिला, दलित,सीमान्तकृत र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष सदस्य भएको र एकपटक जिल्ला कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्य हुन पाउने छ ।
एमालेको ४५ सदस्यीय स्थायी कमिटी बन्ने छ । यो भन्दा पहिला ४१ सदस्यीय बनाउने भनिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: