एमाले विधान महाधिवेशनः केन्द्रीय सदस्य हुन १५ बर्ष कुर्नु पर्ने
काठमाडौं । नेकपा एमालेलेको केन्द्रीय सदस्य हुन १५ बर्ष कुर्नु पर्छ । एमालेको विधानमा केन्द्रीय सदस्य हुन एक जना सदस्यलाई १५ बर्ष कुर्नु पर्ने व्यवस्था गरेको छ । प्रस्तावित विधानमा सदस्यता लिएको १५ बर्षपछि केन्द्रीय सदस्यमा दाबी गर्न पाउने व्यवस्था गरेको छ ।
एमालेले १३ सदस्यीय सचिवालय बनाउने भएको छ । जारी विधानम महाधिवेशनबाट १३ सदस्यीय सचिवालयको विधानमा व्यवस्था गरेको छ । पार्टीको पोलिटव्यूरो कमिटी हटाएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको सचिवालय बन्ने छ ।
सचिवालयको अभ्यास नेकपा हुदा गरेको थियो । नेकपा हुदा ९ जनाको सचिवालय थियो । एमालेमा पदाधिकारी सचिवालयमा रहने व्यवस्था भएकाले १३ सदस्यीय हुने छ ।
जसमा अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय शक्तिशाली हुने छ । ४१ सदस्यीय स्थायी कमिटी बन्ने छ।
प्रतिक्रिया दिनुहोस्: