Bagmati Samachar Logo

बागमती गाउँपालिकामा माटो परिक्षण ल्याब स्थापना

हेटौंडा । बागमपति प्रदेश सरकारले मकवानपुरको बागमती गाउँपालिकामा माटो परिक्षण ल्याब स्थापना गरेको छ । आर्थिक वर्ष २०७८–७९ अन्तर्गत बागमती प्रदेश सरकारको ५ लाख बजेटबाट उक्त ल्याब स्थापना भएको हो । प्रदेश सरकारले पालिकामा उक्त ल्याब स्थापना गरेको कृषि शाखा प्रमुख अशोक ग्यालन मगरले बताए ।

मेसिनले माटोको पि.एच जाँच र माटोमा हुने नाइट्रोजन, पोटास, फोसफोरसको जाँच गर्न सकिने उनले बताए । उक्त मेसिनले किसानको खेत तथा बारी मै पुगेर माटो जाँच गर्न सकिने छ । पालिकामा विशेषत खाद्यबाली अन्तर्गत मकै र धान उत्पादन हुने गरेको छ । यस क्षेत्रका किसानले कृषि तथा पशुपालनलाई जोड दिएका छन् ।