एमाले बैठकमा ओलीको जवाफः संसद विघटन ठिक थियो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ र जेठ ७ को संसद विघटन ठिक भएको दाबी गरेका छन् । उनले आफुले गरेको संसद विघटनको बचाउ गदै आइतबार केन्द्रीय कमिटी बैठकमा जवाफ दिदै जनादेशमा जानेकुरा प्रतिगमन होइन अग्रगमन भएको बताएका छन् ।
ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको तर आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीलाई पछार्नका लागि तानावाना बुनिएको आरोप लगाए । उनले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’
माओवादीसँगको एकता भंग गर्न षड्यन्त्र भएको बताए । उनले षड्यन्त्रलाई चिर्न नसक्दा विघटन भएको बताएका छन् । उनको राजनीतिक प्रतिवेदनमा संसद विघटन, पार्टी एकता कायम रहन नसक्नु जस्ता विषय प्रस्ट नआएको समुहगत छलफलमा प्रश्न उठेका थिए ।
प्रतिक्रिया दिनुहोस्: